2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मेलौली इप्रका ‘क’ श्रेणीमा स्तरोन्नति

माघ २, बैतडी | तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । गृह मन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । 

तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्नुहुनेछ । दुई वर्षदेखि उक्त इप्रकालाई ‘क’ श्रेणीको बनाउन पहल गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले २०७६ पुसमा निर्णय गरेर गृहमन्त्रालयमा पत्र पठाएको होे ।”

 मेलौली इलाका प्रहरी कार्यालयअन्तर्गत पञ्चेश्वर, शिवनाथ र मेलौली नगरपालिका पर्छ । तल्लो स्वराडको जनसङ्ख्या ७० हजारभन्दा बढी छ । विसं २०१६ मा स्थापना गरिएको उक्त इप्रका ६२ वर्षपछि गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । स्तरोन्नतिपछि तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वरको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक