माघ ४, बनेपा | काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, बनेपा | काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् "/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

माघ ४, बनेपा | काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् ।

रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील बस्नेत–कामख्य–भगवती जेभीले निर्माण ठेक्का पाएको भवन निर्माणका लागि विसं २०७८ मङ्सिर २८ गते सम्झौता गरी आगामी २०८१ जेठ ३२ सम्पन्न गर्नुपर्नेछ । भवनको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सोमबार शिलान्यास गर्नुभएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । अहिले पछिल्लो समयमा प्रशासनिक भवन निर्माणस्थलसँगै अस्थायी टहरा बनाएर सेवा प्रवाह गर्दै आएको छ ।

यसैगरी उता डाँडापारिस्थित महाभारत गाउँपालिकाले पनि आफ्नै पक्की प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । पालिका गठन भएपछि सामान्य टहरामा कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको महाभारत गाउँपालिकाले करिब दुई वर्षदेखि वडा नं ६ देवीटारमा अस्थायी भवन निर्माण गरी सेवा दिँदै आएको छ ।

पछिल्लो समयमा बजेट व्यवस्थापन भएपछि देवीटारमा साढे चार तलाको पक्की भवन निर्माण हुने भएको छ । पालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासनिक भवनको शिलान्यास गरी निर्माण अगाडि बढाउनुभएको हो । कूल रु छ करोड १० लाख ४३ हजारमा निर्माण सम्झौता भएको भवन आगामी आव २०८०/८१ सम्ममा निर्माणसम्पन्न गर्ने गरी काम अगाडि बढेको अध्यक्ष जिम्बाले बताउनुभयो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक