माघ ६, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ "/>
2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आजदेखि जिप्रकाको अत्यावश्यक बाहेकका सेवा बन्द

माघ ६, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले  प्रशासनले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौँ”, प्रजिअ शर्माले भन्नुभयो, “कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौँ ।”उहाँले पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई