Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डोने राष्ट्रिय सङ्ग्राहलय भवन निर्माण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ६, काभ्रेपलाञ्चोक | पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण गरिएको छ । ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रुपमा समेत रहने जनाइएको छ ।

भवन निर्माणका लागि पाँचखाल नगरले रु ५५ लाख उपलब्ध गराएको थियो । भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराउनुभएको थियो । नगरप्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताउनुभयो । “सङ्ग्राहलय बनाउन थप सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नगरले डाने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरले डोने भाषामा पाठ्यपुस्तक तयार गरी डेडीथुम्का माध्यमिक विद्यालय र भीमसेन आधारभूत विद्यालयमा अध्यापन सुरु गरिसकेको छ ।