2026-09-12 07:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

न्यानो कपडा पाएपछि सरकारको अनुभूति गर्दै ज्येष्ठ नागरिक

माघ ७, राँझा । बाँकेमा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन स्थानीय सरकारले न्यानो कपडा वितरण गरेपछि जनताले गाउँमै सरकारको अनुभूति गरेका छन् । बाँकेका स्थानीय तहले गाउँटोलमा पुगेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेपछि विपन्न वर्गका नागरिकले ठूलो राहत भएको अनुभूति गरेका छन् । 

गाउँपालिकाबाट न्यानो कपडा कम्बल प्राप्त गरेपछि डुडुवा गाउँपालिका–१ चौफेरी निवासी ९५ वर्षीय नन्कइ अहिरको मुहारमा उज्यालो छाएको छ । गाउँपालिकाले दिएको कम्बलले अब जाडोबाट जोगिन ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत न्यानो सामग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल, च्यवनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिकाले गाउँटोलबाटै ज्येष्ठ नागरिकलाई सवारीसाधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । गाउँपालिकाले वितरण गरेको न्यानो कपडाले अहिलेको चिसो मौसममा सुरक्षित रहन ज्येष्ठ नागरिकलाई मद्दत पुग्ने विश्वास अध्यक्ष चौधरीको छ । 

बाँकेको जानकी र खजुरा गाउँपालिकाले पनि न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकलाई सरकारको अनुभूति गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले टोलटोलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका छन् । बाँकेको जानकी गाउँपालिकाले छवटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।

उहाँले चिसो मौसममा अतिविपिन्न परिवारको पहिचान गरी गाउँपालिकाले सबै वडालाई समानरूपमा ४५ परिवारका दरले न्यानो कपडा कम्मल सहयोग गरेको जनाउँदै नागरिकका लागि गाउँपालिकाले जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । गाउँपालिकाका २७० ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस