2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

माघ १६, डोटी | जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । 

रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ । 

नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । “रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गर्छौँ”, शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भन्नुभयो । 

जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।” सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक