Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १७, वीरगञ्ज | मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले  जानकारी दिनुभयो  ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपुर हेटौँडास्थित ट्याङ्कर क्लीब्रेसन एकाइ (पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर परीक्षण गर्ने)  कार्यालय रहेको छ ।  दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् ।

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यवसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने  तथा नवीकरण गर्ने  काम हुने गर्दछ  । साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको  नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र मकवानपुर कार्य क्षेत्र रहँदै आएको छ ।