2026-09-11 08:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

जीप दुर्घटनामा आठ जनाको मृत्यु

माघ २२, प्युठान । प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । 

तीमध्ये घटनास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृतकमध्ये वसन्त र एलिसाको उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् । दुर्घटनामा परी घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसीको अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जिसी, २१ वर्षीय हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

यस्तै दुर्घटनामा परी आठजनाको मृत्यु भएको घटनाप्रति लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री केसीले आज एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

यस्तै सोही क्षेत्रका प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले पनि दुर्घटनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्रस्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस