सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध

साझासवाल
1 Min Read

<p>माघ २३, सिमकोट | गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको&nbsp; छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ ।&nbsp; साढे दुई फिटसम्म&nbsp; हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।&nbsp;<br></p><p>हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारीदिनुभयो । विमानस्थलमा&nbsp; दैनिक १५ सम्म उडान हुने बताइएको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply