Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

खुकुरी प्रहार गरी दुईको हत्या

By साझासवाल

<p>माघ २४, सिन्धुपाल्चोक | बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।&nbsp;<br></p><p>अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक&nbsp; राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले&nbsp; घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो&nbsp; ।</p>