Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा थप २६ एचआइभी सङ्क्रमित भेटियो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको ‘भिसिटी’ सेन्टरमा जाँच गराएकामध्ये थप २६ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।

चालु आर्थिक वर्षमा लहान अस्पतालमा २० जना र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिनुभयो ।

यो सँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ६८ जना पुगेको छ । अघिल्लो आर्थिक वर्ष ७१/७२ मा पनि १५ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका थिए । एचआइभी सङ्क्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको कर्णले बताउनुभयो ।

वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा अत्यधिक रहेको र रोजगारीबाट फर्के पश्चात् स्वास्थ्य जाँच गराउने सोच नभएकाले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णले बताउनुभयो । रासस