2026-11-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अवैध कल सेन्टर सञ्चालनको आरोपमा एकजना चिनियाँ नागरिक सहित ८० जना पक्राउ

फागुन १०, काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा एकजना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । भक्तपुर सानोठिमीस्थित एक घरमा अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ४७ जना महिला र ३३ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले कल सेन्टर सञ्चालन गर्न प्रयोग हुँदै आएका १४ वटा कम्प्युटर, ८४ वडा ल्याप्टप दुईवटा आइप्याड नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रवक्ता राजु पाण्डेकाअनुसार उनीहरूले छोटो समयका लागि ऋण दिने र त्यसको ब्याजसहित असुल गर्ने गरेको पाइएको छ ।

‘‘उनीहरूले एउटा घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गर्दै आएका थिए । त्यहाँ अवैध कल सेन्टर सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा यस्तो काम गर्दै आएको खुल्यो,” उनले भने ।

पक्राउ परेका सबैलाई प्रहरी परिसर भक्तपुरमै राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द