२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको धामीगाउँबाट पालिकाका सेवा प्रवाह गर्न प्रशासनको आग्रह

२०७८, १७ फाल्गुन मंगलवार ०७:२२

फागुन १७, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकालाई वडा नं ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । डिलासैनी गाउँपालिकाले अहिले वडा नं ३ को पङसेरामा रहेको महादेव माविको भवनबाट सेवा दिँदै आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको केन्द्र धामीगाउँबाट सेवा सञ्चालन गर्न यही फागुन १३ गते पत्र पठाएकाले सोही अनुसारको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनले पत्राचार गरेको हो । डिलासैनी गाउँपालिकाको केन्द्र वडा नं ७ को धामीगाउँ भएको र केन्द्र हेरफेर नभएकाले सोही अनुसार धामीगाउँबाटै पालिकाका सबै सेवा सञ्चालन गर्न  आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।  

सो मन्त्रालयको निर्णय कार्यान्वयन गरी धामीगाउँबाटै सबै सेवा सञ्चालन गर्न जिल्ला प्रशासनले डिलासैनी गाउँपालिकालाई पत्रमार्फत आग्रह गरेको छ । पछिल्लो समयमा कार्यपालिकाले पङसेरामा नै केन्द्र राख्ने निर्णय गरेको भए पनि सो निर्णय मन्त्रिपरिषद्बाट फिर्ता भएकाले धामीगाउँबाटै सेवा सञ्चालन गर्न गाउँपालिकालाई भनिएको छ । 

गाउँपालिकाको केन्द्र धामीगाउँमै रहनुपर्ने भन्दै यसअघि आन्दोलनका कार्यक्रम हुँदै आएका थिए ।  मन्त्रालयले डिलासैनीको केन्द्र धामीगाउँबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएपछि अहिलेका लागि सङ्घर्ष समितिले आन्दोलन स्थगित गरिएको जनाएको  छ । अब साबिककै केन्द्रबाट पालिकाले सेवा दिनुपर्ने स्थानीयवासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो