अभिमनु पटेल । भदौ १२, रौतहट | शुक्रबार राति ३ बजेको समयमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अभिमनु पटेल । भदौ १२, रौतहट | शुक्रबार राति ३ बजेको समयमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्द"/>

2026-07-04 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बस दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा मैनबती प्रजलन


अभिमनु पटेल । भदौ १२, रौतहट | शुक्रबार राति ३ बजेको समयमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा दुर्घटना परि मृत्यु भएको र घाइतेहरु प्रति जिल्लाका युवाहरुले धैर्यधारण, चिरशान्ति तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

रौतहट गौरबाट पोखराको लागि बिहीबार बेलुका ५ बजेको समयमा यात्रु बाहक बस शुक्रबार मध्य राति चितवनको विन्दवासनी डाडा भन्ने ठाउँबाट बस त्रिशूली नदीमा खस्दा सवार शिक्षक, विधार्थी, कर्मचारी र महिला लगायतको २२ को मृत्यु, १६ घाइते र ८ बेपत्ता रहेकोले धेरै दुखद घटना भएको रौतहट जिल्ला पुरै शोकमा डुबेकोले शनिवार बेलुका सदरमुकाम गौरको मधेशी क्रान्ति चोकदेखि जिल्ला प्रहरी कार्यालय गेट १ हजार मिटर भन्दा बढीमा युवाहरु हजारौं हजार मैनबती प्रजलन गरि मृतक आत्माको लागि चिरशान्ति श्रद्धाञ्जली एवं घाइतेहरु प्रति शिघ्र स्वास्थ लाभ परिवार जनमा धैर्यधारण र शक्ति प्रदान गरदिनको लागि कामना गरेका हुन ।

रौतहट बाट चलने राति बस सेवाहरु ६ देखि ८ बजे सम्मको लागि समेत बन्द गरिएको थियो ।मैनबती प्रजलन गरि ३० मिनेट मृतक आत्मा लाई शान्तिका लागि  युवाहरु मौन धारण र शोक सभा गरेका हुन ।

श्रद्धाञ्जली कार्यक्रम आयोजक राष्ट्रिय मधेश समाजवादी पार्टी रौतहटको समाजवादी विधार्थी संघ जिल्ला अध्यक्ष तथा गौर न.पा नगर अध्यक्ष ओमप्रकाश साहले मृतक र घाइते सबैलाई सरकार पक्षले छिटो भन्दा छिटो वास्तविक क्षतिपूर्ति समयमा उपलब्ध गर्नु पर्छ बताए ।रौतहटको लागि धेरै निदनीय दुख दायक घटना हो यस घटनाले गर्दा पूरा जिल्ला शोकमा डुबेको छ । 

श्रद्धाञ्जली कार्यक्रममा मधेश प्रदेश डटकम अनलाइन अध्यक्ष अभिमनु कुमार पटेल , संघीय समाजवादी फोरम नेपाल युवा नेता अरविन्द कुमार यादव , सदभावना पार्टी युवा नवीन कुमार सिंह मिलेर आयोजना गरेको थियो ।

कार्यक्रममा सदभावनम पार्टी केन्द्रीय सदस्य योगेन्द्र राय यादव, संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सदस्य बबन सिंह, नेपाल सदभावना पार्टी जिल्ला अध्यक्ष मनोज गिरी, जिल्ला प्रहरी कार्यालय निरीक्षक अशोक झा, जिल्लाका युवा सरोज पंडित, कृष्णा कुमार यादव, रमेश साह, बैजु रजक र गणेश पटेल लगायत दर्जनौं युवाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै