भदौ १२, उदयपुर । जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायबाट समय–समयमा निजी विद्यालयको उचित अनुगमन नहुँदा उदयपुर जिल्लाका केही निजी विद्यालयमा मनपरी झनै बढ्दै गएको छ । 

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत पूर्वी क्षेत्रको बेल्टार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, उदयपुर । जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायबाट समय–समयमा निजी विद्यालयको उचित अनुगमन नहुँदा उदयपुर जिल्लाका केही निजी विद्यालयमा मनपरी झनै बढ्दै गएको छ । 

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत पूर्वी क्षेत्रको बेल्टार"/>

2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

निजी विद्यालयको अनुगमन नहुँदा मनपरी

भदौ १२, उदयपुर । जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायबाट समय–समयमा निजी विद्यालयको उचित अनुगमन नहुँदा उदयपुर जिल्लाका केही निजी विद्यालयमा मनपरी झनै बढ्दै गएको छ । 

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रलगायत पूर्वी क्षेत्रको बेल्टार, बसाहा, रामपुर, तपेस्वरी तथा सुन्दपुर र हँडियालगायत पश्चिमी क्षेत्रको कटारी बजारमा समेत निजी विद्यालय अझै पनि कानुनी दायरामा नआई सञ्चालन भइरहेको स्थानीयवासी बताउँछन् । 

विगतदेखि प्राथमिक तहसम्मको स्वीकृति लिएर निमावि तहसम्म र निमावि तहको स्वीकृति लिएर मावि तहसम्मका कक्षा यस क्षेत्रका निजी विद्यालयले सञ्चालन गर्दै आएको हँडिया–७ का कृष्णदेव चौधरी बताउनुहुन्छ । अहिले पनि केही निजी विद्यालयको कक्षा सञ्चालन अनुमति ५ कक्षासम्म मात्र रहेको तर कक्षा ८ सम्म सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ । 

यस्ता विद्यालयले कक्षा ८ को परीक्षा अर्काको विद्यालयमा लगेर अर्को विद्यालयको नामबाट दिलाएर विद्यार्थीलाई प्रमाणपत्र दिलाउने गरेको रामपुर–६ रातापानीका एक अभिभावक दीपक थापाले बताउनुभयो । अझैसम्म पनि निजी विद्यालयले अवैध कक्षा सञ्चालन गरेर विद्यार्थी तथा अभिभावकलाई महँगो शुल्क लिएर ठग्ने कार्य गर्नेगरेको भए तापनि जिल्ला शिक्षा कार्यालयलगायत सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षकले यसतर्फ कुनै अनुगमन नगरेको स्थानीयवासी बताउँछन् । 

उदयपुर जिल्लामा अबैध कक्षा सञ्चालन गर्ने निजी विद्यालय अहिले पनि झन्डै २० प्रतिशत जति रहेको जिल्ला प्याब्सनका पदाधिकारी नै बताउँछन् । अवैध कक्षा सञ्चालन गरेर विद्यार्थीलाई भने महँगो शुल्क लिने र प्रमाणपत्र चाहिँ नक्कली दिने गरेको आरोपसमेत कतिपय अभिभावकको नै रहेको छ । जिल्ला शिक्षा कार्यालय तथा सरकारले कक्षा सञ्चालन गर्न स्वीकृति नै नदिएका कक्षा अवैध रुपमा सञ्चालन गरेर परीक्षासमेत लिएर अवैध प्रमाणपत्रसमेत बाँड्ने गरेको शिक्षासँग सरोकार राख्नेहरु समेत बताउँछन् । 

तपेस्वरी–५ का जीवन कार्की भन्नुहुन्छ, “निजी विद्यालय सचालन हुनु राम्रो कुरो हो, यसले अरूलाई रोजगारीसमेत दिएको छ भने सरकारी स्कुलमा धान्न नसक्ने विद्यार्थीलाई आफूले धानेर पठनपाठन गराएको छ, तर धेरै कक्षा अवैधानिक छन्, यस्ता अवैधानिक कक्षाको प्रमाणपत्रले भोलि बालबालिकालाई पक्कै असर गर्छ ।” 

जिल्ला शिक्षा कार्यालयका पदाधिकारीले उचित अनुगमन गरेर यस्ता निजी विद्यालयलाई कानुनी दायरामा नल्याउँदा यस्तो समस्या आएको समेत जिल्लाका केही शिक्षाविद्को आरोप छ । जिल्ला शिक्षा कार्यालयका पदाधिकारी भने निजी विद्यालयको अनुगमन भइरहेको र कुनै विद्यालय अवैधानिक सञ्चालन भएको पाइए कारबाही वा तत्काल बन्द गर्ने बताउँदै आएका छन् । तर यो कार्य अहिलेसम्म व्यवहारमा भने नआएको केही अभिभावक नै बताउन थालेका छन् । 

यस्तै, केही निजी विद्यालयको अहिलेसम्म पनि भौतिक पूर्वाधार नै व्यवस्थापन नभई सञ्चालन भइरहेको समेत अभिभावकको आरोप छ । अझैसम्म पनि केही निजी विद्यालयको विद्यार्थी बस्ने बेञ्चको अभावकाकारण भुइँमा कार्पेटमा राख्ने गरेको, पिउने पानी तथा दिसापिसाब गर्ने चर्पीको नै अभाव रहेको अवस्था अभिभावक बताउँछन् । 

समयमा नै यस्ता विद्यालयको उचित अनुगमन गरेर कानुनी दायरामा ल्याउन आवश्यक रहेको जिल्लाका शिक्षाक्षेत्रसँग सरोकार राख्नेहरु बताउँछन् । जिल्ला प्याब्सन तथा एनप्याब्सनका अनुसार उदयपुरमा अहिले झन्डै एक सयभन्दा बढी निजी विद्यालय सञ्चालन हुँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई