भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । 

सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । 

सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागत"/>

2026-11-01 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बन्ने भयो रुपन्देहीमा फोहरमैला प्रशोधन केन्द्र

भदौ १२, लुम्बिनी । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । 

सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागतको रुपन्देहीको पड्खौली–८ गौरीघाटमा फोहर मैला प्रशोधन केन्द्र निर्माण गर्ने भएपछि फोहर मैला व्यवस्थापन गर्ने समस्याको समाधान हुने भएको हो । फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि नगरपालिकाले ठेक्का सम्झौता गरिसकेको छ । ठेक्का सम्झौता पछि निर्माणको प्रारम्भिक काम सुरु भइसकेको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत विष्णुदत्त गौतमका अनुसार प्रशोधन केन्द्र निर्माणका लागि गत वैशाखमा ठेक्का सम्झौता भएको हो । निर्माण गर्ने ठेक्काको जिम्मा भारतीय कम्पनी युपिएलइइएल र नेपाल आदर्श निर्माण सेवाले लिएका छन् । 

एसियाली विकास बैंकको सहयोगमा सिद्धार्थनगर नगरपालिकाभित्र सञ्चालित एकीकृत सहरी विकास आयोजना ९आइयुडिपी० अन्तर्गत निर्माण हुन लागेको फोहरमैला प्रशोधन केन्द्र निर्माण हुन लागेको हो । आइयुडिपीले छुट्याएको ३२ करोड रुपैयाँमा पूर्वाधार निर्माण, पहुँचमार्ग निर्माण, दुई किलोमिटर सडक, डोजर, लोडर, टिपरलगायत आबश्यक उपकरण तथा २६ हजार डस्टबिनसहित एक वर्षको सञ्चालन खर्चसमेत जोडिएको प्रमुख गौतमले जानकारी दिनुभयो । 

सम्झौताअनुसार सर्भेको काम सुरु भइसकेको छ । आयोजना निर्माण गर्ने विषयमा स्थानीयवासीको केही गुनासो आएका कारण हामी छलफल र समन्वयलाई निरन्तरता दिँदै निर्माणको कामलाई पनि अगाडि बढाएका छौँ, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले भन्नुभयो । प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएपछि नगरपालिकाको मुहार नै फेरिनेछ । ठेक्का सम्झौताअनुसार वैशाखदेखि २० महिनाभित्र निर्माणको सम्पूर्ण काम सकिसक्नुपर्नेछ । २०७४ कात्तिकसम्ममा सञ्चालनमा आउने लक्ष्य लिइएको छ । 

नगरपालिकाबाट दैनिक २५ टन फोहर मैला उठ्ने गरेको छ । फोहरमैला प्रशोधन केन्द्र निर्माण भएपछि नगरपालिकालाई १५ वर्ष फोहरमैला व्यवस्थापनका लागि कुनै समस्या आउने छैन । प्रशोधन केन्द्र भएका कारण नगरवासीले वातावरणीय सुधार भएको महसुस गर्न पाउनेछन् भने फोहरबाट उत्पादित कम्पोस्ट मल र बिजुलीसमेत प्रयोग गर्न पाउने नगरपालिकाका वरिष्ठ इन्जिनियर तथा आइयुडिपी प्रमुख ई। शैलेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

नगरपालिकाले नगरबाट फोहर उठाउने बेलामा कुहिने र नकुहिने दुवै प्रकृतिको फोहर छुट्याएर मात्रै लैजान्छ, ई। श्रेष्ठले भन्नुभयो, “कुहिने मलबाट कम्पोस्ट मल तयार गर्ने उक्त कम्पोस्ट मललाई नजिकैका गाउँलेलाई सहुलियत दरमा बिक्री गर्ने तथा त्यसपछि पनि बचे बाहिरका मानिसलाई चलनचल्तीको दरमा बिक्री गर्ने सोच रहेको छ ।” 

त्यसैगरी, फोहरबाट बिजुली निकाल्नका लागि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रसँग सम्झौता भइसकेको उहाँले बताउनुभयो । त्यसअन्तर्गत बिजुली उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययनको काम सुरु भइसकेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द