२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

२०७८, २५ फाल्गुन बुधबार ०६:४२

फागुन २५, जाजरकोट ।कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन् ।

यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका–१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको चरणमा गएको हो ।

अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रोपटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो । एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो । अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह