2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विद्युत् बक्यौता नबुझाउँदा तुलसीपुर बसपार्कको लाइन काटियो

चैत ८, दाङ । विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको छ । बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि  खानेपानीको लाइन काटिएको थियो ।

विद्युत् कार्यालयको रु आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो । अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन भने पानीको लाइन काटिएको पनि दुई हप्ता हुन लाग्यो । आधुनिक बसपार्क बनाएपछि त्यहाँ ५२ वटा सटर भाडामा छन् । विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन् । गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउन र मोबाइल पसलमा अनिवार्य विद्युत् चाहिन्छ । टिकट काउन्टरमा टिकट काट्न, शौचालय जान समस्या छ । विद्युत र पानीको समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन् । “विद्युत् नहुँदा हाम्रो व्यवसाय नै चौपट्ट भएको छ”, सटरमा व्यवसाय गर्दै आउनुभएकी प्रमिला कठायतले भन्नुभयो ।

विसं २०७७ देखि त्यहाँ व्यवसायीलाई सटर भाडामा प्रदान गरिएको हो । त्यतिबेला भाडामात्रै तिर्ने तर, पानी विद्युत्को नतिर्ने सहमति भएको अर्का व्यवसायी जिए नेपालीले बताउनुभयो । तर अहिलेसम्म त्यहाँ कुनै विद्युत् महसुल बुझाइएको छैन । “यहाँको पूर्वतर्फका सटरको रु १० हजार र पश्चिमतर्फका सटरको रु आठ हजार भाडा तिर्ने सहमति भएको हो”, उहाँले भन्नुभयो, “तर अहिले पानी, विद्युत्को पनि हामीले तिनुपर्ने भन्ने कुरा आएको छ ।”

ठेकेदार कम्पनीले भने त्यस्तो कुनै लिखित सहमति नभएको बताएको छ । “पहिले पनि मैले नै ठेक्का पाएको थिएँ”, बुढाथोकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक भीमबहादुर बुढाथोकीले भन्नुभयो, “त्यतिबेला पनि सटर लिनेलाई पानी, विद्युत्को मात्रै तिर्ने भन्ने कुनै लिखित सहमति भएको थिएन ।” अहिले पनि पुनः बुढाथोकी टे«ेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको छ । फागुन २० गतेदेखि बसपार्कका लागि सोही सप्लायर्सलाई काम गर्ने गरी कार्यादेश दिइएको छ । सोही कम्पनीले पनि यसअघि पनि बसपार्क पूर्वाधार शुल्क उठाउने जिम्मा लिएको थियो । तर केही समयमै त्यो सम्झौता तोडिएको थियो ।

विसं २०७८ वैशाखदेखि फागुनसम्म उपमहानगरपालिकाले नै भाडा उठाउने काम गरिरहेको थियो । पुनः पुसमा बोलपत्र खुला गर्दा त्यही बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको र ठेक्का पाएपछि सप्लायर्सले त्यहाँको व्यवस्थापनका लागि सक्रियता बढाएको छ । त्यसका लागि सम्झौता गर्न सटर भाडामा लिएकाहरूलाई चिठ्ठी पठाएको बुढाथोकीले भन्नुभयो । अहिलेसम्म सम्झौता गर्न नआएको उहाँको भनाइ छ । सटर भाडामा लिएकाले यसअघिका महिनाको पनि भाडा तथा विद्युत् महसुल नबुझाएकाले भाडा र महसुलसहित सम्झौता गर्न बोलाएको उहाँले बताउनुभयो । उहाँका अनुसार २० प्रतिशत भाडा बढाउन मिल्ने भन्दै सोहीअनुसार आफूले भाडा बढाउन लागेको बताउनुभयो । अहिले पूर्वतर्फका सटरलाई रु १४ हजार र पश्चिमतर्फका सटरलाई रु १२ हजार बनाउने गरी तयारी गरेको बुढाथोकीले बताउनुभयो ।

भाडा बढेमा आफूहरूले त्यो भाडा बुझाउन नसक्ने व्यवसायी रुपलाल केसीले बताउनुभयो । “नाला, फुटपाथ पनि हटाउन सकेको छैन, गेट पनि बनाउन सकेको छैन”, उहाँले भन्नुभयो, “अहिले आएर भाडा बढाउने भन्ने कुरा गरेको छ, त्यो सुहाउँदो गरेर हेरफेर गर्न सकिएला, धेरै बढाए सकिँदैन ।” त्यहाँ १३ वटा प्रालिका टिकट काउन्टर पनि छन् । काउन्टरमा विद्युत् नहुँदा उत्तिकै समस्या हुने गरेको त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका रुकुम–सल्यानका सदस्य दीपककुमार बुढाथोकीले बताउनुभयो ।

उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरूले नै विद्युत् महुसुल तिर्नुपर्ने बताएको छ । उपमहागरपालिकाका राजस्व शाखा प्रमुख भेषराज चन्दका अनुसार कोभिडपछिकोे छुटसहित त्यसपछि दामासाहीका हिसाबले विद्युत् महसुल बुझाउनुपर्ने हुन्छ । उपमहानगरपालिकाले सार्वजनिक शौचालय, छोटो र लामो समयको पार्किङ, प्रवेश तथा निकासी शुल्क, होर्डिङ बोर्डसहित सार्वजनिक सूचना, टर्मिनल भवन, ५२ सटरको शुल्क उठाउने जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लायर्सलाई दिइएको छ । वार्षिक भ्याटबाहेक रु दुई करोड २३ लाख बुझाउने गरी ठेक्का सम्झौता भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक