दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी

साझासवाल

<p>चैत ११, सुर्खेत ।&nbsp;दैलेखको&nbsp;गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ ।</p><p>वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए ।&nbsp;</p><p>बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकुँडा, सिलाई मेसिन र फिल्टरलगायतका सामानहरू अपारदर्शी तरिकाले अन्यत्र लैजान खोजिएको त्यस विषयमा गाउँपालिका उद्देश्यका विषयमा जानकारी दिनुपर्ने अध्यक्ष वलीले बताए । ‘सार्वजनिक सम्पत्ति हिनामिना हुन थालेपछि हामीले तालाबन्दी गर्नु परेको हो,’ उनले भने,‘पटक पटक सार्वजनिक सम्पत्तिको हिनामिना हुँदै आएको छ ।’</p><p>सार्वजनिक सम्पत्तिको दोहन नरोकिएसम्म अनिश्चितकालसम्म तालाबन्दी गर्ने एमाले गुराँस गाउँपालिकाले जनाएको छ ।</p>

Leave a Comment

Leave a Reply