Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p>चैत १८, काठमाडौं । भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।<br></p><p>चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने दुई जनाको ज्यान गएको हो ।</p><p>ज्यान गुमाउनेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ को ५० वर्षका वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका-९ का ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।</p>