भदौ १४, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । 

घना जङ्गलबीचमा रहेको अनेकौँ इतिहास र किवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । 

घना जङ्गलबीचमा रहेको अनेकौँ इतिहास र किवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्"/>

2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरकोे पातलेपोखरी संरक्षणको पर्खाइमा

भदौ १४, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । 

घना जङ्गलबीचमा रहेको अनेकौँ इतिहास र किवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्न थालेको छ । यो पोखरीबाट नदी बन्दैगर्दा कलियुग सुरु भएको त्यहाँका स्थानीय बूढापाकाको भनाइ छ । 

पोखरी वरिपरि खोल्सा देख्न सकिन्छ । यो ठाउँ बाह्रै महिना अँध्यारो देखिन्छ । किंवदन्तीअनुसार कहिलेकाहीँ पोखरीमा तामाको गाग्री तैरिने गरेको तर नजिकै डिलमा पुग्दा हराउने गरेको स्थानीय राजकुमार खत्रीको भनाइ छ, तर पोखरीमा नजिकै जाँदा भास्सिएर जानै नसकिने उहाँले बताउनुभयो । 

अझैसम्म पनि यात्रा सफलताको कामनाको लागि पोखरीको पानी चढाउने तथा फूलपाती चढाउने गरेको पाइन्छ जतिबेला घना जङ्गलको बाटो खोटाङ तथा सोलुखुम्बु जिल्लासम्मका यात्रुका लागि तथा तराईसँग जोड्ने सिम्ले, बराहक्षेत्र, चतरा, धरान जाने बाटोको रूपमा पनि लिने गरिएको थियो । 

पोखरी बचाइराख्न सम्बन्धित निकाय, स्थानीय, समाजसेवी, वुद्धिजीवी सङ्घसंस्थासँग पहल गर्नुपर्ने स्थानीयको भनाइ छ । पोखरीको संरक्षण हुनसकेमा पर्यटनको विकास भई गाउँघरमै आर्थिकरुपमा स्थानीयको जीवनस्तर उकास्न सकिने आँकलन छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई