2026-09-12 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

दक्ष जनशक्ति पलायन राेक्न सरकारले नै चाहेन : चन्द

चैत्र २७, भैरहवा | नेपाल इँट्टा उद्योग महासंघका अध्यक्षमा शंकरबहादुर चन्दले सरकारको गलत नीतिका कारण दक्ष जनशक्ति विदेसिरहेकाे आराेप लगाएका छन् । 

नवनिर्वाचित अध्यक्ष चन्दले आफ्नै देश विकासमा राेक्नु पर्ने यस्ता जनशक्तिलाई सरकारले नै  विश्व श्रमबजारमा पठाइरहेको बताएका छन् । ‘नेपालमा धेरै सम्भावना र दक्ष जनशक्ति छन् । तीन तहको सरकारले रोजगारी, तालिम, अभिमुखीकरण गरी पुँजीको व्यवस्थापन गर्नुपर्नेमा आफ्ना नागरिकलाई विदेश पठाइरहेकाे छ ।’ उनले भने ।  

उनले नेपालका परम्परागत इँटा उद्योग समेत जनशक्ति पलायनकाे मारमा परेकाे उनले बताए । पराम्परागत इँटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, वायु प्रदुषण नियन्त्रण गर्दै रुपान्तरित प्रविधि जिकज्याक, हाइब्रिड र टनेल लगायतको प्रविधिबाट उत्पादनमा अब जोड दिने उनले बताए । ‘नेपालमा इँटा उद्योगको लागि दक्ष कामदार अभाव छ, यो अभावको परिपूर्तिका लागि महासंघको नयाँ नेतृत्वले सीटीईभीटीमार्फत फायर मास्टरको व्यवसायिक तालिमको पाठ्यक्रम तयार गरिसकेको र विदेशी जनशक्तिको विकल्पको रुपमा दक्ष कामदार उत्पादन गर्नेछाैँ ,’ उनले भने । ७० प्रतिशत प्रयोगात्मक कक्षा हुने ९० दिने तालिम नेपालमै पहिलो पटक सन्चालन गर्न लागेकाे अध्यक्ष चन्दले बताए । 

२०६४ सालमा स्थापित महासंघमा हाल २५ वटा संघ छन् । १२ सय इँटा व्यवसायी रहेको नेपालले एसियाको इँटा संगठनको नेतृत्व गरिरहकेको बताए ।

चन्दको नेतृत्वमा २५ सदस्यीय समिति

महासंघको तीन वर्षे कार्यकालका लागि शंकरबहादुर चन्दको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । भैरहवामा सम्पन्न अधिवेशनबाट महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद अवाल, प्रथम उपाध्यक्षमा विनयकुमार यादव र राजेन्द्रप्रसाद प्रजापति चयन भएका छन् । यसैगरी महासचिवमा केदार गोसाई, कोषाध्यक्षमा कृष्ण अवाले सचिवमा मदनराज पनेरु, नातिभाई ह्योम्बा, चन्द्रदेव यादव, जगन्नाथ शर्मा खनाल र जैनुल खाँ निर्वाचित भएका छन् । 

सहसचिवमा आशाराम फाँजु, रमेश खनाल, नागेन्द्र चौधरी र सह-कोषाध्यक्षमा लक्ष्मीप्रसाद त्वानावासु, बाबुराम पाठक, रामविनोद साह, धर्मेन्द्र श्रेष्ठ र सुरेन्द्र कठायत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगत जोशीले जानकारी दिए । यस्तै, महासंघको सदस्यहरूमा गोविन्दराम पन्थ, एकराज गजुरेल, टंकबहादुर बुढा, रामआशिष प्रसाद चौरसिया, महेन्द्र अग्रवाल, दीपबहादुर ऐर र शिवशंकर महतो निर्विरोध चयन भएकाे कानुनी सल्लाहकार समेत रहेका जोशीले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस