नेपालगन्जको बीपीचोकमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

साझासवाल
1 Min Read

चैत्र २८, काठमाडौं | बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपिचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारकादोबाट गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलाई गएराती पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो ।

कार सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply