Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

By साझासवाल 2 मिनेट पढाइ

चैत्र २९, काठमाडौं | भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।