भदौ १५, बनेपा । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् । 

जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, बनेपा । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् । 

जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका "/>

2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० को गुनासो

भदौ १५, बनेपा । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् । 

जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका लागि अविलम्ब पहिलो किस्ताको रकम उपलब्ध गराउन माग गरेका छन् । धेरै प्रकृतिका गुनासो आएका छन्, त्यसमा नाम छुटाएको, नामथर गलत भएको लगायतका छन् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका सिनियर डिभिजनल इन्जिनियर होमनाथ पौडेलले भन्नुभयो । 

उहाँले विभिन्न गाविस र नगरपालिकामा त्यस्ता गुनासोको सम्बोधनसमेत भएको उल्लेख गर्दै ठूला प्रकृतिका गुनासा केन्द्रबाट नै सम्बोधन हुने बताउनुभयो । रविओपी गाविसका सचिव छविलाल श्रष्ेठले सानातिना विषयमा गुनासो सम्बोधन भएपनि नीतिगत विषयमा कुनै काम नभएको बताउनुभयो । 

काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी काशिखण्ड नगरपालिकामा एक हजार ५८९, पनौती नगरपालिकामा एक हजार ८००, पाँचखाल नगरपालिकामा एक हजार ८००, धुलिखेल नगरपालिकामा ५६४, उग्रचण्डीनाला गाविसमा ५३३, बनेपा नगरपालिकामा ४७६, मेच्छे गाविसमा ४६८, महादेवस्थान गाविसमा ४५३ जनाले गुनासो गरेको जिल्ला विकास समितिले जनाएको छ । जिल्लाभर ७२ गाविस र पाँच नगरपालिकामा नै भूकम्पपीडितले गुनासो गरेका छन् । 

अहिलेसम्म जिल्लामा ४८ हजार ३५१ जनासँग अनुदान सम्झौता भएको र १९ हजार ५३७ जनाको खातामा पहिलो किस्ताबापतको रु ५० हजार निकासा भएको जिविस, काभ्रेपलाञ्चोकका योजना अधिकृत ढोलक ढकालले जानकारी दिनुभयो । उहाँले भुम्लुटार, फलाटे र पोखरी नारायणस्थान गाविसमा अझै पनि अनुदान सम्झौता हुन नसकेको उल्लेख गर्दै भुम्लुटार र फलाटेमा लालपुर्जा नभएका कारण र पोखरी नारायणस्थान गाविसमा स्थानीयवासीको अवरोधका कारण अनुदान सम्झौता नभएको बताउनुभयो । 

नभएका ठाउँमा पनि अनुदान सम्झौताका लागि पहल भइरहेको उहाँले बताउनुभयोे । जिल्लामा कुल ६७ हजार ५०० को हाराहारीमा लाभग्राही छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई