प्युठानमा बुवाको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा पक्राउ

साझासवाल

वैशाख १७, काठमाडौं | प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय छोरा तुलेलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य विवादमा बुवामाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट जंगबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Comment

Leave a Reply