2026-09-12 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा विमानस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित

वैशाख २६, डडेल्धुरा | डडेल्धुरामा विमानस्थल निर्माण कार्यका लागि बजेट सुनिश्चित भएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा बन्ने विमानस्थल निर्माणको लागि आगामी आर्थिक वर्षको बजेट सुनिश्चित भएको हो। वातावरणीय प्रभाव मुल्यांकनसँगै विमालस्थल निर्माणका लागि पाँच करोड बजेट सुनिश्चित भइसकेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

विमालस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेटको व्यवस्थापन गरिएको उनले बताए। डडेल्धुरामा निर्माण हुने विमानस्थलका लागि मन्त्रालयले बजेटको सुनिश्चितता गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले जानकारी दिए।

विमालस्थल निर्माणका लागि २०७२ सालमा प्रारम्भिक सर्वेक्षण सुरु गरी थालनी गरिएकोमा गत कात्तिकमा सर्भे सुरु भएको थियो। २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पठाएको टोलीले पुइलेकमा विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो।

२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न प्रयास भएका थिए। वातावरणीय प्रभाव मुल्यांकनसँगै पाँच करोड बजेट सुनिश्चित भइसकेकोले अब छिट्टै डडेल्धुरामा विमानस्थल बन्ने विमानस्थल निर्माणका अभियान्ता डा‍. तारा जोशीको भनाइ छ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो। यहाँका सातवटै पहाडी र दुईवटा तराईका जिल्लामा विमानस्थल रहेको छ। तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल बन्न सकेको छैन ।

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आय स्तरमा समेत बृद्धि हुने डा. जोशीको भनाइ छ। धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनी बताउँछन्।

Avatar

गत कात्तिकमा डडेल्धुरा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए जति आफ्नो मन्त्रालयबाट त्यसको व्यवस्थान गर्ने प्रतिबद्धता व्यक्त गरका थिए।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँ सम्म पुग्ने कालोपत्रे बाटोको समेत रहेको छ। पुइलेकदेखि वयलडाँडा सम्मको १६ सय मिटर जग्गामा विस्तृत सम्भाव्यता अध्ययनसंगै वातावरणिय प्रभाव मूल्यांकन सहितको थप काम अगाडि बढेको हो।

के के भयो विमानस्थल निर्माणका लागि ?

ईन्जिनियर मुकुन्द भण्डारीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरणको पहिलो टोली डडेल्धुरा आएको थियो। अमरगढी ३ र भागेश्वर ४ को सिमाना जोडिएको विरादे, अमरगढी १ को दहव्यारेक, नवदुर्गा ३ को डाडावन र अजयमेरु १ को पुईलेकमा प्रारम्भीक सर्वेक्षण गरिएको थियो।

पहिलो पटक आएको टोलीले २०७२ मा प्रारम्भिक अध्ययन गरी अजयमेरुको पुईलेकमा सम्भाव्य स्थानका रुपमा सिफारिस गर्‍याे । त्यसपछि सम्भाव्यता अध्ययन गर्न कन्सल्टेन्सीलाई जिम्मा लगाईयो र कन्सल्टेन्सीले डीपीआर निर्माण गर्‍याे । वातावरणीय प्रभाव मुल्यांकनका लागि प्रक्रिया अगाडि बढाउन सिफारि गर्‍याे।

अहिले वातावरणीय प्रभाव मूल्यांकनसँगै विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता भएको विमान स्थल निर्माणका अभियन्ता डा‍. तारा जोशीले बताएका छन्। विमानस्थलको निर्माण छिटोमा तीन वर्ष र ढिलोमा पाँच वर्ष लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस