गाउँपालिका अध्यक्ष उम्मेदवारको गाडीले ठक्कर दिएपछी एक जनाको मृत्यु

साझासवाल

<p><b>वैशाख ३०, रुकुम पश्चिम | </b>रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । ​बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरे ।&nbsp;</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/d0bdfc97d942f6f9f624e15babb1e3051652439262.jpg" style="width: 887px;"><br></p><p>खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।</p>

Leave a Comment

Leave a Reply