2026-09-12 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

जेठ २, भैरहवा | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द गरिएकाे छ। मोदीको सुरक्षालाई लिएर स्थानीय प्रशासनले पसल व्यवसाय बन्द गराएकाे हो ।

माेदी बिहान साढे १० बजे कुशीनगर हुँदै लुम्बिनी आएका हुन् । लुम्बिनीको पर्सा चोकमा पुस्तक पसल सञ्चालन गरिरहेका अनिश अहमदले आइतबार दिउँसो पनि केहीबेर व्यवसाय बन्द गर्न प्रशासनले दबाब दिएको बताए । उनका अनुसार आज सोमबार भने बिहानैदेखि पसल खोल्न प्रशासनले रोक लगाएको छ । उनले भने, ‘हिजो (आइतबार) पूर्वअभ्यास भन्दै बिहान १० बजेदेखि १ बजेसम्म यहाँको पसल खोल्न दिइएन । आज त बिहानैदेखि कसैले पनि व्यवसाय खोल्न पाएनन् ।

लुम्बिनीको मुख्य व्यवसायिक केन्द्र पर्सा चोकमा रहेका पसल व्यवसायहरु सोमबार बिहानैदेखि खुलेका छैनन् । ठूला व्यवसायिक प्रतिष्ठानहरूदेखि साना ठेला गाडाहरूमा किनबेच ठप्प भएको छ ।

लुम्बिनीमा बौद्ध पूर्णिमाका दिन पर्यटक आगमन धेरै हुने हुँदा व्यवसायीहरू सधैं उत्साहित रहन्थे । तर, यस पटक भने मोदी आउने भएपछि विशिष्ट सवारीलाई सुरक्षाको कारण देखाउँदै पसल खोल्न नदिएपछि व्यवसायीहरु निरास भएका छन् ।

लुम्बिनी होटेल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ भन्छन्, ‘बौद्ध पूर्णिमामा यहाँका स्थानीयका लागि मात्रै होइन व्यवसायीका लागि पनि उत्सवको दिन हो । पर्यटकको आवागमनले अघिपछि चलायमान भइरहेको व्यवसाय बौद्ध पूर्णिमाकै दिन ठप्प भएको छ । व्यवसायीहरू निराश छन् ।’

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक युवराज कार्कीका भनाइमा मोदीको आगमनका लागि सुरक्षाको प्रबन्धअनुसार व्यवसायहरू बन्द गरिएका हुन् । उनी भन्छन्, ‘भीआईपी सवारीका लागि सुरक्षा मिलाउने क्रममा भिडभाड नहोस् भन्नका लागि व्यवसाय बन्द गरिएका हुन् ।’

लुम्बिनीसँग स्थानीयलाई जोड्न नसकेको भन्दै समयसमयमा आलोचना हुने गरेको छ । बर्षौदेखि बौद्ध पूर्णिमा मनाइरहेका स्थानीयका लागि मोदीको भ्रमणले खासै उत्साहित बनाएको छैन ।

‘लुम्बिनीभित्र के हुन्छ भन्ने कुराले हामी बाहिरका लाई खासै मतलब हुँदैन,’ एक व्यवसायी भन्छन्, ‘तर नयाँ बर्ष, बौद्ध पूर्णिमामा यहाँका स्थानीय व्यवसायीहरू उत्साहित हुने गर्दथे । यसपटक बिहानैदेखि पसल बन्द गरेर बस्नु परेको छ ।’

पर्साचोक वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस