Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 3, 2016 बारा - BR, समाज

‘साझेदारी’ दैनिक दोस्रो वर्षमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, कलैया । कलैयाबाट प्रकाशित हुने ‘साझेदारी’ दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ ।

पत्रिकाको वार्षिकोत्सवको आज बारा जिल्ला अदालतका न्यायाधीश भोजराज शर्मा र प्रजिअ कृष्णप्रसाद ढुङ्गानाले संयुक्त रुपमा शुभारम्भ गर्नु भयो । सो अवसरमा जिल्ला न्यायाधीश शर्माले मुलुकको विकासमा सञ्चार जगत्को ठूलो योगदान रहेको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेशण गर्र्नु सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो ।

प्रजिअ ढुङ्गानाले साझेदारी दैनिक आमरुपमा अत्यन्त लोकप्रिय भएकामा खुसी व्यक्त गर्दै सफलताको कामना गर्नुभयो ।

सो अवसरमा ‘जिल्लाको विकासमा सञ्चार जगत्को भूमिका’ विषयको जिल्लास्तरीय वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगितामा विजयी हुनुभएका छात्रछात्रालाई सम्मान गरिएको थियो ।

प्रकाशक श्यामबाबु यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस