पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ९, काठमाडौँ | उद्योग व्यवसायी हुँदै वीरगञ्ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन् ।

मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह झण्डै दोब्बर मतले अघि छन् ।

अर्थात् समाचार तयार गर्दासम्मको विवरणअनुसार सरावगीले २० हजार २०५ मत पाएका छन् । प्रतिस्पर्धी राजेशमान सिंहले ३९ हजार ६६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले जनाएको छ । सरावगी एमाले र सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

२०७४ मा सरावगी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए । तर स्थानीय तह निर्वाचनअघि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक हातले टीका लगाउँदै स्वागत गरे भने अर्को हातले प्रमुख पदको उम्मेदवारको टिकट दिए ।

सिंह भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ मा उम्मेदवार थिए । त्यसबेला उनी तेस्रो भएका थिए । यस पटक भने उनी पहिले जितेका सरावगीलाई हराउँदै जित सिंह नजिक पुगेका हुन् ।