2026-11-01 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सबै वडाबासीको विद्युत महशुल आफैले तिरिदिने वडा अध्यक्षकाे घाेषणा

जेठ ९, बैतडी | पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका हुन् । 

सिद्धेश्वर मावि हुक्केडाडाँमा सोमबार आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारिताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् । 

वडा अध्यक्षले परिश्रमिक नलिने र साे रकम वडाबासीकाे विद्युत महशुलमा खर्च  गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, ‘हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्युनतम महशुल बुझाइ दिने निर्णय भएको छ । यसरी मासिक करिब १३ हजार पाँच सय रकम हुन्छ । उक्त रकम अध्यक्षको तलबबाट तिर्न समस्या हुँदैन् ।’विद्युत महशुल वडाअध्यक्षले तिरिदिने भएपछि स्थानीय  खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द