आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी

साझासवाल
1 Min Read

जेठ १३, रुपन्देही | रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ।

आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको  टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।

डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के-कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।

आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए ।

आगलागी नियन्त्रणमा करिब एक घन्टामा भएकाे समय लागेको छ । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन पाएन । ट्यांकरमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply