पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १९, वीरगन्ज । बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन देवकोटाले बताउनुभयो । मृत दम्पतीको शव घरबाट करिब ६ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ । रासस