Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १४, बैतडी |</b> बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो ।<br></p><p>जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।</p><p>साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए । ती महिलाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।</p>