जेठ १६, बनेपा | जेठमै आएको बाढीले काभ्रेको बनेपा बजार जलमग्न बनेको छ ।

स्थानीय पुण्यमाता खोला बजारमा पस्दा बनेपास्थित पुलबजार क्षेत्रमा सडक अवरुद्ध बनेको स्थानीय रविन गौतमले जानकारी दिए ।

अतिक्रमण गरी खोलालाई निकै साँघुरो बनाइएकाले सानोतिनो पानी आउँदा पनि बनेपा बजार जलमग्न हुने गरेको छ ।

स्थानीय सरकारले गएको पाँच वर्षे कार्यकालमा यो समस्या समाधान गर्न उल्लेख्य काम नगरेका कारण समस्या ज्युँकात्युँ रहेको गौतमले बताए । यसपटक चुनावमा पनि डुबान समस्या बनेपाको मुख्य चुनावी एजेन्डा बनेको थियो ।