Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ जेठ १६ गते, अपराह्न ५:३९ बजे बैतडी - BTD, समाज

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १६, बैतडी | पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । अखिल नेपाल महिला संघ बैतडी जिल्ला कमिटीले आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, बलात्कारका घटनाका दोषीमाथि कडा कारबाही गनुपर्ने, समाजमा भएका सबै खाले हिंसा, अन्याय, अत्याचार तथा भेदभावका घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरिएको अनेम संघका जिल्ला इन्चार्ज सरस्वती नेपालीले बताइन्  ।

पेट्रोल, डिजेल र खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य बस्तुहरूको मुल्य नियन्त्रण गरी सर्वसुलभ, सहज र सुपथ मूल्यमा पाउने व्यवस्था गर्न र कृत्रिम अभाव हुन नदिने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

सोही मागहरू सहित राष्ट्रिय युवा संघ नेपाल दशरथचन्द नगर कमिटी बैतडीले पनि ज्ञापनपत्र पेस गरेको छ । संघका नगर अध्यक्ष नन्द बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशासन बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीलाई बुझाइएको हो । भारतीले उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।