2026-09-18 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

 जेठ २१, भक्तपुर | भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षीकाहरूले सहयोग गरेका थिए । 

विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसबाट उनीहरू भविष्यमा कृषिप्रति पनि आकर्षित हुनसकुन भन्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् ।

धानको बीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययनरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए । खेतमा पुगेपछि उनीहरूलाई शिक्षिका कविता पौडेलले बीउ राख्नका लागि आवश्यक सामान देखाउँदै यसको प्रयोगकोबारेमा जानकारी दिए । 

शिक्षिका सुनिता सुवेदीले विद्यार्थीहरूलाई बीउ राख्ने तरिकाबारे जानकारी दिएकी थिइन् । उनका अनुसार स्कुल नजिकै त्यहाँ स्कुलकै करिब एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन् । उनीहरूले नै उक्त धान काट्ने पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई