Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भैरहवा बस दुर्घटना : ८ जनाको सनाखत, बाबु छोराको मृत्यु

By साझासवाल 5 मिनेट पढाइ

जेठ २२, भैरहवा | रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार बिहान करिब साढे ४ बजे खोलामा खसेको थियो ।

खोलामा खसेका ३२ जना मध्ये ९ जनाको निधन भएकोथियो ।  दुई जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा पर्दा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए ।

लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस सवारमध्ये ९ जनाको मृत्यु भए पनि समाचार तयार पार्दासम्म एक जनाको पहिचान खुलेको छैन । ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ६५ वर्षीया राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा–२, योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट  चन्द्रनिगहपुरका २० वर्षीय दिनेश दास, बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षीया कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षीया अरविन्द शर्मा, अरविन्द्रका बुवा ५० वर्षीया नागेन्द्र शर्मा र सितामणि भारतका ४५ वर्षीया सञ्जय गुप्ता रहेका छन् । मृत्यु भएका एक जना पुरुष अन्दाजी ३०–३५ वर्षको सनाखत हुन बाँकी छ ।

यात्रु मध्ये ४ जनाको भीम अस्पतालमा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । चालक, सहचालक सहित घाइते यात्रुको भैरहवा स्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये दर्जन बढीको अवस्था गम्भीर र अन्य यात्रुको अवस्था मध्यम रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

बाबु छोराको मृत्यु , एकै परिवारका ५ जना

बस दुर्घटनामा परि बाबु छोराको मृत्यु भएको छ । एकै परिवारका पाँच जना सवार बसमा अन्य तीन जना भने घाइते भएका । दुर्घटनामा ५० वर्षीया बुवा नागेन्द्र शर्मा र छोरा ४० वर्षीया अरविन्द्रको मृत्यु भएको छ ।

अरविन्द्रको श्रीमती सीता, छोरी ५ वर्षीया संदीपा र छोरा ४ वर्षीया यश शर्माको उपचार भइरहेको छ । सीताको इमरजेन्सी कक्षको स्पेसल केयर युनिटमा उपचार भइरहेको छ भने संदीपा र यशको इमरजेन्सीको सामान्य कक्षमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनीहरू पाँचै जना जनकपुरमा रहेको घरमा विवाहका लागि गएका थिए ।