२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा रामसु्न्दर महतो हत्या प्रकरण : साथीपछि मृतककी श्रीमती पनि पक्राउ

२०७९, २५ जेष्ठ बुधबार ०८:४३

जेठ २५, सप्तरी । सप्तरीमा हत्याको आरोपमा मिल्ने साथी पक्राउ परेको एक महिनापछि मृतककी श्रीमती पक्राउ परेकी छन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।

इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनालगत्तै शङ्का लागेर पक्राउ परेकी इनरवतीविरुद्ध ठोस प्रमाणको अभावमा प्रहरीले तत्काल छाडेको थियो । ‘मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टका आधारमा इनरवतीलाई घटनालगत्तै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर बयान लिएको थियो’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘ठोस प्रमाण विना हत्या घटनाका सहयोगीविरुद्ध अभियोजन दायर गर्दा मुख्य अभियुक्तसमेत सजिलै छुट्ने अवस्था हुन्थ्यो, तसर्थ मुख्य अभियुक्त पक्राउ गरेपछि तत्काल छाडिएकी महतोकी श्रीमतीलाई पुनः पक्राउ गरेका हौं ।’

गाँजाकै सङ्गतले महतो र मियाँको मित्रता बढेको थियो । मियाँ जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध थिए । विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याई चन्दा असुली गर्ने कार्यमा मियाँ सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बिष्णुपुर–७ बाट एक थान पेस्तोल र गोईत समुहको मोर्चाको पर्चा पम्प्लेटसहित मियाँ पक्राउ परेर छुटेका थिए ।

लुकिछिपी मोर्चाको भूमिगत गतिविधि गर्न मियाले महतोको घरलाई आश्रयस्थलका रूपमा प्रयोग गर्थे । सोही क्रममा महतोकी श्रीमतीसँग मियाँको चिनजान भएको थियो । महतो भोज भतेरमा खाना बनाउने काम गर्थे । घटनाका दिन बिहान महतोलाई खाना बनाउन मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका रोशन साहले घरबाटै बोलाएर लगेका थिए । 

निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि मियाँ गत वैशाख २३ गते पक्राउ परेका थिए । इनरवती एक महिनापछि गाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक काफ्लेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर