<p><b>जेठ २६, सप्तरी | </b>सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादव छन् ।<br></p><p> दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला दुबै जनासँगै रहेको बेला चट्याङ लागेको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।</p><p>चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.ली लग्ने क्रममा बाटाेमै मृत्यु भएको हो ।</p>
