महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि कुटपिट

साझासवाल

जेठ २९, महोत्तरी | महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ ।

जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा  छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको  मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।

के भएको थियो ?

२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन ।

सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बोक्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन् ।

त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए ।

झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्‍याएपछि बुहारीमाथि बोक्सी लगाएको भन्दै कपडा समेत खोलेर नाङ्गेझार बनाइ निर्घात कुटपिट गरिएको दाबी छ ।

कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन् ।

भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । पीडित पक्षका दुलहरियाको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो ।

अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ ।

५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाई छ ।

प्रहरी के गर्दै छ ?

पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

२७ जेठमा नै प्रहरीले कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ । घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य  फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए । पक्राउ परेकालाई  म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Comment

Leave a Reply