2026-11-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

मापदण्ड विपरित सञ्चालित स्वीमीङ पुलको सेवा बन्द

असार ४, भैरहवा | मापदण्डमै नरही स्वीमिङ पुल सञ्चालनपछि प्रशासनले भैरहवास्थित पौवा होटलको स्वीमीङ पुलको सेवा बन्द गरेको छ । शुक्रबार पौवा होटलस्थित स्वीमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय  सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो । केही दिनकै फरक डुबेर मृत्यु हुने दोहोरिएपछि तत्कालका लागि स्वीमिङ पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका छन । होटलबाट कुनेै पनि प्रकारको सुरक्षा  र बचावको काम नभएको भन्दै आक्रोशित  परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्वीमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा  ल्याउनु पर्ने माग गरेका छन । ‘सकिन्छ भने मापदण्ड पुरा गरेर चलाउ हैन भने कसैको ज्यानसँग खेलवाड गर्न पाइदैन, पैसा कमाउने लोभमा अकालमा २ जनाको ज्यान जानु सानो कुरा होइन’,  आक्रोशित परिवारले भने ।  

‘नाममात्रै को सेफटी गार्ड थियो, स्वीमिङ पुल संचालन भए सम्म तालिम प्राप्त गार्ड र प्राविधिक हुनु पर्छ त्यस्तो केही पनि होटलले राखेको छैन । २० दिन अगाडि पनि होटलमा सोही प्रकृतिको घटना घटेको थियो । तर, होटलले घटना हुदा पनि अझै सम्म सुधार गरेको छैन’,मृतकका मामा पंकज उदासले भने । 

मृतक तुलाधार परिवारको एक मात्र छोरा थिए, उनी ३ दिनअघि मात्रै स्वीमिङ सिक्नका लागि मेम्बरसीप लिएका थिए । प्रशिक्षण दिन नसक्ने होटलले मेम्बरसीप लिएर विना प्रशिक्षक स्वाीमिङ पुल चलाइरहेको थियो । समयमा उद्धार नभएकोले भान्जा गुमाउनु परेको उदासले बताए । 

मृतकको शव हाल भैरहवास्थित भिम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटल सञ्चालक र प्रहरीबीच छलफल जारी छ । 

सिद्धार्थनगर  नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले २० वर्षका लागि बाल उद्यान सञ्चालन गर्ने भनी समझौता गरेको छ, समझौतामा बाल उद्यान भनिएपनि सम्झौता विपरित करोडौंको संरचना बनाएर बाल उद्यानको साटो होटल सञ्चालन गरिएको छ ।  

यता पौवा होटलका प्रबन्धक विष्णु भण्डारीले घटना हुदा ३ जना सेफटी गार्ड रहेको बताए । एक जना सानो स्वीमिङमा र २ जना ठूलो स्वीमिङ पुलमा थिए, उनीहरुलाई हामीले नै तालिम दिएर राखेका छौ । 

होटलका संचालक तथा कम्पनिका अध्यक्ष हरि थापाले अब मापदण्डमा आएर मात्रै स्वाीमिङ पुल संचलन गर्ने बताए, जब मापदण्ड पुरा हुन्छ अनि मात्रै चलाउछौ होइन भने चलाउदैनौ । घटना घटेकोमा हामी पनि दुखी छौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द