बैडीबाट १८ वर्षीया युवती बेपत्ता

साझासवाल

<p><b>असार ५, बैतडी |</b> बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।<br></p><p>शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन् ।</p><p>प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए ।</p>

Leave a Comment

Leave a Reply