Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ग्याँस सिलिण्डर लुटपाट गर्ने दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसीर १८, पर्सा / ग्याँसको सिलिण्डर लुटपाट गर्ने
दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज आदर्शनगर बस्ने ३५ वर्षीय उमेश पण्डित र रौतहट घर भइ
आदर्शनगर बस्दै आएका २८ वर्षीय धर्वेन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेको छ।

रक्सौलबाट ग्याँस भरेर ल्याउने क्रममा सर्वसाधारणको ग्यास उनीहरुले बिहीबार राति
ठाकुराम क्याम्पस पछाडि लुटेका थिए।

उक्त घटनाको खबर प्राप्त
हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरुलाई लुटेको ग्याँस सिलिण्डरसहित पक्राउ
गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।