Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वीरगन्ज सुख्खा बन्दरगाह भन्सारद्वारा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, वीरगन्ज । वीरगन्जको सुख्खा बन्दरगाह भन्सारले गत पुस
महिनामा लक्ष्यभन्दा १९ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

मधेस आन्दोलनका कारण मुलुकका प्रमुख भन्सार कार्यालयहरुमा राजश्व संकलन कम भइरहे पनि
वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आयात बढेपछि राजश्व संकलनमा वृद्धि भएको हो । सुख्खा बन्दरगाहमा तेस्रो
मुलुक तथा भारतबाट विभिन्न सामान बोकेर आउने मालवाहक रेलको संख्या बढेकाले भन्सार असुली बढेको हो

वीरगन्ज भन्सार नाकाबाट हुने ब्यापारसमेतको आयात निर्यात
सुक्खा बन्दरगाह भएर हुन थालेपछि पुस महिनामा १ अर्ब ७० करोड १५ लाख १३ हजार भन्सार उठाएको हो । यो
लक्ष्यभन्दा १९ प्रतिशतले बढी हो । मंसिर महिनामा भने यो भन्सार कार्यालयबाट लक्ष्यको ८५ प्रतिशत मात्रै
राजश्व संकलन भएको थियो ।