भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउ"/>

2026-09-12 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

कुकुरले टोकेका बिरामीको सङ्ख्यामा वृद्धि

भदौ २२, गौशाला । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । 

जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ/दशजना कुकुरले टोकेको बिरामी आउने थालेका छन् । 

सो अस्पतालका चिकित्सक साकेश कर्णका अनुसार अहिले कुकुरको प्रजननको बेला, बच्चा उत्पादन गर्ने बेला र बच्चा स्याहार–सुसार गर्ने बेला रहेकाले कुकुरको सम्पर्कमा जाने, जिस्काउने तथा कुकुरका बच्चालाई हानि पु¥याउनेलाई कुकुरले बढी रुपमा टोक्ने गरेको र सोही कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्दै गएको बताउनुभयो । 

जम्मा ६६ गाविस र तीन नगरपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेको बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजीव झाले बताउनुभयो । 

डा झाले अहिले कुकुर निक्कै आक्रामक भएका र कुकुरलाई हानि–नोक्सानी गर्न पुगेका बालबालिकालाई बढीरुपमा कुकुरले टोक्ने गरेको पाइएको बताउनुभयो । उहाँले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप निक्कै बढ्न थालेपछि कुकुरले टोकेका बिरामीका लागि दैनिक रुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताउनुभयो । 

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि ‘प्रोफालेक्सिस’ नामक ‘एन्टिरेबिज भ्याक्सिन’ दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा मणिष पाण्डेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस