2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महासंघको बैठक सम्पन्न, गिरी पुरस्कार श्रेष्ठलाई

माघ २६,
वीरगन्ज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको एघारौं पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ

पत्रकार महासंघ पर्सा शाखाको वीरगन्ज–१५ स्थित कार्यालयमा
सम्पन्न भएको एघारौं पूर्ण बैठकले शाखाका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्वर्गीय
गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट यस बर्ष एभीन्यूज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु
श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।

पुरस्कार बितरणका लागि
शाखाका उपाध्यक्ष धुब्र साहको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनौट समितिले नाउ सिफारिस गरेको आधारमा
श्रेष्ठलाई फागुन ४ गते एक कार्यक्रम गरी प्रदान गर्ने बैठकले निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्सा
शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिनुभयो ।

यसरी नै
पत्रकार महासंघ पर्सा शाखको बैठकले शाखाले पूर्व अध्यक्ष शत्रुघन नेपालको संयोजकत्वमा गठन गरेको
कार्यदलले बुझाइएको सदस्यता शुद्धीकरण, नवीकरण, स्थान्तरण र बितरणको प्रतिवेदनमाथि छलफल गरी झण्डै चार
दर्जन सदस्यहरुको सदस्यता नवीकरण नगर्ने, स्थान्तरण गर्ने समेत निर्णय गरेको छ ।

पत्रकारिता पेशामा हाल कृयाशिल नभएका, राजनीतिक दलको उच्च नेतृत्वमा रहेका,बिभिन्न
सरकारी तथा अर्धसरकारी र बित्तीय संस्थामा कार्यरत रहेका सदस्यहरुको नवीकरण नगर्ने र जिल्ला बाहिर रहेर
पत्रकारिता गरेकाहरुलाई सदस्यता स्थानन्तरणका लागि आग्रह समेत बैठकले गरेको छ ।

नेपालको संयोजकत्वमा गठन गरेको कार्यदलमा शाखाका उपाध्यक्ष धुब्र साह सहित पूर्व
अध्यक्षहरु क्रमशः केसी लामिछाने, अशोक तिवारी, दीपेन्द्र चौहान तथा प्रेस युनियनका केन्द्रीय सदस्य
बिजय कुशवाहा, प्रेस चौतारीका केन्द्रीय सदस्य लालबावु शेख, क्रान्तिकारीका छठु साह र शाखाका पार्षद
रामनारायण कुर्मीले सोमबार बुझाएको प्रतिवेदनमा आधारमा मंगलबारको बैठकमा छलफल भएको हो ।

नयां सदस्यताको बिषयमा भने अर्को बैठकले टुंगो लगाउने गरी निर्णय बैठकले गरेको
छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतमा उक्त बैठक सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते