Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

समावेशी मधेसी युवा गठबन्धनको ६ बुंदे निर्णय सहित बैठक सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ २६, वीरगंज । संघीय समावेसी मधेसी युवा गठबन्धन
पर्साको आज होटल कुमु प्लेशमा बैठक सम्पन्न भएको छ । गठबन्धनका संयोजक ईश्वर यादवको सभापतित्वमा सम्पन्न
बैठकले ६ बुंदे निर्णय गरेको छ ।

parsa birjungबैठकले गठबन्धनका केन्द्रिय नेतृत्वहरु संग जारी मधेस आन्दोलन सम्बन्धनमा अन्र्तक्रिया एवं
समिक्षा गर्ने ,पर्सा जिल्लाको प्रमुख चौकहरुमा सभा गर्ने , गठबन्धनका केन्द्रिय नेतृत्वलाई एउटै पार्टी
निर्माण गर्ने सन्र्दभमा दवाव दिने,युवा गठबन्धनको संगठन बिस्तार गर्ने,जारी मधेस आन्दोलनका वीर शहिद
एवं घाइतेहरुका लागि आफनो तर्फबाट एवं अन्य संग समन्वय गरी सहयोग गर्ने र गराउने , युवा गठबन्धनका
नेताहरुलाई जिम्मेवारी बाड्फाड गर्नुकोे साथै २५ सदस्यीय जिल्ला समिती समेत बैठकले सर्वसहमत निर्णय
गरेको गठबन्धनका संयोजक यादवले बताए ।

गठबन्धनको पर्सा
जिल्ला सह संयोजकमा धर्मेन्द्र पटेल,सचिव रोशन कुमार, कोषाध्यक्ष कौशल यादव,प्रवक्ता कृष्णा प्रसाद
कुर्मी,सह कोषाध्यक्ष मुना सोनी, सह सचिव रमेश सहनी,सल्लाहकारहरुमा ओमप्रकास सर्राफ,संजय यादव,प्रमोद
सिंह, नन्दु यादव, पर्सा क्षेत्र नं. १ को संयोजक संजिव साह,सह संयोजक फिरोज बादसाह,क्षेत्र नं. २ को
संयोजक असरफ मंसुरी,सह संयोजक महेश पटेल, क्षेत्र नं. ३ को संयोजक रितेश पटेल, क्षेत्र नं. ४ को संयोजक
संदिप चौरसिया,क्षेत्र नं. ५ को संयोजक अनिल पटेल सहित गठबन्धनको जिल्ला सदस्यहरुमा प्रवेश सर्राफ,उमेश
पाण्डे, दामोदर तिवारी,भागीरथ साह, वीर भुषण पटेल,राहुल सर्राफ ,सुर्दशन साह,पुनम देवी, सीता पटेल लगायत
रहेका छन् ।