पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित/भदौ २२, सिरहा । सिरहामा चट्याङ लागेर आमा–छोराको ज्यान गएको छ ।

जिल्लाको धनगढीमाई २ भवानीपुरमा चट्याङ लागेर आमा–छोराको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा ३५ वर्षिय डुमरी सदा र उनकै १२ वर्षिय छोरा सुरज सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

वारीमा रहेको घिरौला टिपीरहेको अवस्थामा परेको चट्याङ लागेर घाइते भएका सुरजको घरमै र आमा डुमरीको उपचारको लागि लागने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता, धनगढीमाई ११ का ३५ वर्षिय पवन यादवको करेन्ट लागेर ज्यान गएको छ ।

पानी तान्ने मटर चलाई रहेको वेला करेन्ट लागेर यादबको ज्यान गएको हो । यादबको शव पोष्टमार्टमको लागि लहान स्थित रामकुमार सारडा, उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको प्रहरीले बताए ।